सामाजिक सञ्जाल

गोकुल बाँकस्कोटा भन्छन्ः नेपाल समुह कम्फरटेबल पार्टीमा विलिन हुने रणनीतिमा

३ चैत्र, काठमाडौं । पुर्वमन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माधव कुमार नेपालको गुट भेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने रणनीति स्पष्ट भएको बताएका छन् ।

आज एक ट्वीट गर्दै बाँस्कोटाले नेपाल समूहले संसदमा कारबाही भोग्नुपर्ने समेत बताएका हुन् ।

उनले नेपाल समूह नेकपा माओवादी केन्द्रमा विलिन हुने समेत टिप्पणी गरे । उनले भने, ’चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने। स्पष्ट अब अरु हुन पर्छ जो अझै अलमलमा छन् । नत्र ४ गतेको भेला किन ?’

उनको ट्वीटः माधब रणनीति स्पष्ट छःगुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने, संसदमा १०२०ले फ्लोर क्रस गरेर कार्वाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिईएन भनेर कुर्लने र चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने । स्पष्ट अब अरु हुन पर्छ जो अझै अलमलमा छन।नत्र ४ गतेको भेला किन ?