सामाजिक सञ्जाल

डा.भण्डारीको दाबी: नेपालमा अधिकार बढी भएर पोखिइरहेको छ

३ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले नेपालमा अधिकार बढी भएर पोखिइरहेको बताएका छन् ।

बर्मामा पछिल्लो समय सैनिक शासकबाट गरिएका हत्या र दमन मानवताविरोधी भएको उल्लेख गर्दैै नेता भण्डारीले नेपालमा अधिकार बढी भएर पोखिइरहेको र बर्मामा अधिकारको खोजी भैरहेको बताएका हुन् ।

सामाजिक संजालमा आफ्नो विचार राख्ने क्रममा नेता भण्डारीले लेखेका छन्, ‘२१औं शताब्दीमा अधिकारको माग गर्दा मारिनु दुःखद पक्ष्य हो । मौन बस्नु हुँदैन ।
बर्मेली जनताको सहयोगको लागि कलम चलाउनु पर्दछ ।’

उनले अगाडि लेखेका छन्, ‘इतिहासले प्रमाणित गरेको छ अन्ततः जनताको नासो जनतालाई सुम्पिनु नै पर्दछ । कस्तो विडम्बना नेपालमा अधिकार बढी भएर पोखिइरहेको छ । बर्मामा अधिकारको खोजी भैरहेको छ ।’

उनको स्टाटस्ः वर्मामा सैनिक शासकबाट गरिएका हत्या र दमन मानवता विरोधी हुन। २१औं शताब्दीमा अधिकारको माग गर्दा मारिनु दुस्खद पक्ष्य हो । मौन बस्नु हुदैन !!! वर्मेली जनताको सहयोगको लागि कलम चलाउनु पर्दछ । इतिहासले प्रमाणीत गरेको छ अन्तत जनताको नासो जनतालाई सुम्पिनु नै पर्दछ । कस्तो विडम्बना नेपालमा अधिकार बढी भएर पोखीरहेको छ ।वर्मामा अधिकारको खोजी भैरहेको छ ।