सामाजिक सञ्जाल

दमननाथको प्रश्नः प्रतिनिधिसभा कतिञ्जेल प्रधानमन्त्रीय झगडामै अड्किरहने ?

३ चैत्र, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले मुलुकमा राजनैतीक अबरोधका कारण संसद बैठक गम्भिर रुपले अगाडी बढ्न नसकेको प्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त ढुंगानाले मुलुकका बिभिन्न स्थानमा हिंसाजन्य घटना मौलाउँदै जाँदा प्रतिनिधिसभा कतिञ्जेल प्रधानमन्त्रीय झगडामै अड्किरहने ? भन्ने प्रश्न समेत गरेका छन् ।

उनले हालै बौद्दमा फेला परेको भनिएको युरेनियम र सिरहा मालपोत कार्यालय विष्फोटजस्ता घटनालाई ‘हिंसाले शीर उठाएको गुप्त प्रवृत्ति प्रकट’ भन्ने कि नभन्ने ? भन्दै अर्काे प्रशन गरेका छन् । ढुंगानाले नियमित प्रतिनिधिसभामा गम्भीर बहस कहिले हुने भनेका छन् ।

उनले अडागी भनेका छन्, प्रतिनिधिसभा कतिञ्जेल प्रधानमन्त्रीयय झगडामै अड्किरहने ? जनउत्तरदायी कहाँ हामीकाँ ?

उनको ट्वीटः हालै बौद्दमा फेला परेको भनिएको युरेनियम र सिरहा मालपोत कार्यालय विष्फोटजस्ता घटनालाई ‘हिंसाले शीर उठाएको गुप्त प्रवृत्ति प्रकट’ भन्ने कि नभन्ने ? नियमित प्रतिनिधिसभामा गम्भीर बहस कहिले हुने ? प्रतिनिधिसभा कतिञ्जेल प्रधानमन्त्रीय झगडामै अड्किरहने ? जनउत्तरदायी कहाँ हामीकाँ ?