सामाजिक सञ्जाल

ओलीजस्ता छुद्र, अहंकारी र असहिष्णु प्रधानमन्त्री सायद यो देशमा कहिल्यै भएका थिएनन्ः संग्रौला

४ चैत्र, काठमाडौं । बुद्धिजिवि तथा साहित्यकार खगेन्द्र संग्रौलाले ओलीजस्ता छुद्र, अहंकारी र असहिष्णु प्रधानमन्त्री यो देशमा कहिल्यै नभएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले यस्तो बताएका हुन् । साथै उनले ओलीलाई पालिस लाउँदै र मालिस गर्दै प्रधानमन्त्री बनाउने पराक्रमी माधव नेपाल र झलनाथ खनाल भएको समेत बताएका छन् ।

उनले अगाडी भनेका छन्, ओली सरले कमरेड माधव-झललाई गिज्याएको,होच्याएको र धम्काएको, मानौँ माधव-झल ओली सरका कमारा हुन् ।

उनको ट्वीटः अहो ! ओली सरले कमरेड माधव-झललाई गिज्याएको, होच्याएको र धम्काएको, मानौँ माधव-झल ओली सरका कमारा हुन् । यति छुद्र,अहंकारी र असहिष्णु प्रधानमन्त्री सायद यो देशमा कहिल्यै भएको थिएन । स्मरण रहोस् मान्यवर- ओली सरलाई पालिस लाउँदै र मालिस गर्दै प्रम बनाउने पराक्रमी यिनै माधव-झल हुन् ।