सामाजिक सञ्जाल

१४ औं महाधिवेशन पछि पार्टी भन्दा व्यक्ति माथि हुने प्रबृत्तिको अन्त्य गर्छाैंः नेता गुरुङ

४ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले पार्टी भन्दा माथि व्यक्ति नहुने बताएका छन् ।

नेपाली कांग्रेस दाङ जिल्लाको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले उक्त कुरा बताएका हुन् ।

यस्तै व्यक्तिगत स्वार्थका लागि पार्टीलाई अनिर्णयको बन्दी बनाउने प्रबृत्तिले पार्टी कमजोर बनिरहेको विश्लेषण समेत उनले गरेका छन् ।

नेता गुरुङले १४ औं महाधिवेशन पछि यो प्रबृत्तिको अन्त गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।