लुम्बिनी

नेपाल पक्षप्रति शंकर पोख्रेलको कटाक्षः जति रीस उठेनि घर त आफ्नै हो नि

४ चैत्र, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका नेता शंकर पोखरेले नेपाल पक्षप्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै नेता पोख्रेलले विधि र पद्धतिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमाथि प्रश्न उठाएका हुन् ।

पार्टीमा सबै विधि र पद्धतिको कुरा गर्नेले अध्यक्ष र महासचिवको सहमति विनै राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको भन्दै मुख्यमन्त्री पोखरेलले नेपाल समूहमाथि प्रश्न गरेका हुन् । उनले जति रिस उठेको भए पनि घरभित्र सल्लाह गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै वरिष्ठ नेता झलनाथ खनाल-माधव कुमार नेपाल समूहले आजदेखि दुई दिने राष्ट्रिय भेला गर्न लागेको प्रति पोख्रेलले टिप्पणी गरेका छन् ।

उनको स्टाटस्ः पार्टीको नाममा भेला गर्न अध्यक्ष र महासचिवको सहमती नचाहिने भएपछि के विधि र पद्धतीको कुरा गरिरहनु ? जति रिस उठेनि घर त आफ्नै हो नि ।