सामाजिक सञ्जाल

खनाल-नेपाल पक्षलाई गोकुलको सल्लाहः गन्तब्य भुलेर चौबाटोमा ठिङ्ग उभिएको यात्री नबन साथी

५ चैत्र, काठमाडौं । पुर्व मन्त्री तथा नेकपा एमाले ओली समुहका नेता गोकुल प्रसाद बाँस्कोटाले एमालेको खेतबारीमा नुन छर्न हिडेकाहरुको खेल चेस हैन लुडो भएको बताएका छन् । खनाल नेपाल पक्षलाई गोकुल बास्कोटाले सल्लाह दिँदै गन्तब्य भुलेर चौबाटोमा ठिङ्ग उभिएको यात्री नबन साथी हो भनेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त एमालेको नेपाल-खनाल पक्षप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले खनाल-नेपाल पक्षले खेलिरहेको खेल चेस नभएर लुडो भएको बताएका छन् ।

साथै उनले उक्त पक्षलाई गन्तब्य भुलेर चौबाटोमा ठिङ्ग उभिएको यात्री नबनन्न समेत सुझाव दिएका छन् । उनले अगाडी भने, हाम्रो त सुझाव हो के रे ? नमाने पनि केही छैन ।

वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको विभिन्न क्रियाकलाप विरुद्ध अहिले विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् । त्यसैलाई लक्षित गर्दै बाँस्कोटाले उनीहरूले खेलिरहेको खेल चेस नभई लुँडो भएको बताएका हुन् ।

उनको ट्वीटः एमालेको खेतबारीमा नुन छर्न हिडेकाहरुले खेलिरहेको खेल चेस हैन लुँडो हो । गन्तब्य भुलेर चौबाटोमा ठिङ्ग उभिएको यात्री नबन साथी हो । हाम्रो त सुझाव हो के रे ? नमाने पनि केही छैन ।