पु.समाचार

ओलीको बैठकमा सहभागि हुन हिँडेका नेपाल-खनाल समुहका सांसद बाटैबाट फर्किए

५ चैत्र, काठमाडौं । नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका केही सांसद प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागिताका लागि हिँडेको भए पनि सिंहदरबारबाटै फर्किएका छन् ।

ललितपुरको हेरिटेज पार्टी प्यालेसबाट स्थायी कमिटीका सदस्यबाहेकका सांसदहरु बालुवाटार जाने भनी हिँडेको भए पनि सिंहदरबारबाट फर्किएको सांसद गणेश पहाडीले जानकारी दिएका छन् ।

उनका अनुसार अब नेपाल समूहका कोही पनि सांसद बालुवाटारको बैठकमा सहभागी हुने छैनन् ।