गण्डकी प्रदेश

नमूना पुस्तकालय बनाइँदै

काठमाडौँ ७ चैत । स्याङ्जाको बिर्घास्थित मातृभूमि सामुदायिक पुस्तकालयको नयाँ भवन निर्माण सम्झौतामा भएको छ । पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, रिड नेपालका सदस्य सुशील मैनाली र बाबुरत्न कन्स्ट्रक्सनका रोशन श्रेष्ठबीच भवन निर्माणसम्बन्धी सम्झौता पत्रमा शुक्रबार हस्ताक्षरभएको छ ।

भूकम्पबाट क्षति भएको पुरानो भवन हटाए शान्ति भोलन्टियर एशोसिएशन नेपालको आर्थिक सहयोगमा उक्त भवन निर्माण गर्न लागेको अध्यक्ष पाण्डेले जानकारी दिएका छन् ।
बालकदेखि प्रौढमैत्री कक्षको कल्पना गरी निर्माण गर्न लागिएको उक्त पुस्तकालय भवन सबै उमेर समूहका पाठकको रोजाइ सिकाइ गन्तव्य मातृभूमि हुनेछ ।

भवन निर्माण सम्झौता कार्यक्रममा अध्यक्ष पाण्डेयले अग्रजको मेहनत र पसिनाको जगमा जन्मेको संस्थाको अत्याधुनिक भवन सञ्चालनमा ल्याई स्थानीय समुदायको शैक्षिक उन्नयनमा सहयोग पु¥याउने अठोट व्यक्त गरेका छन् । रिड नेपाल सदस्य मैनालीले भवन समयमै निर्माण सम्पन्न भई दीर्घकालीनरुपमा पुस्तकालय सञ्चानल हुनेमा ढुक्क रहेको बताएयो ।

करिब आठ महिनामा सम्पन्न हुने लक्ष्य लिइएको पुस्तकालय भवनमा पुस्तकालय कक्ष, बालकक्ष, महिला कक्ष, सूचनासञ्चार तथा प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष, प्रौढ कक्ष र सामुदायिक सभाहल हुनेछन् । रु एक करोड १९ लाख लागत अनुमान गरिएको पुस्तकालय भवनका लागि रिड नेपालको तर्फबाट रु एक करोड १५ लाख योगदान हुनेछ ।

रिड नेपाल मुलुकमा पुस्तकालय र पठन संस्कृतिको विकासमा सक्रिय राष्ट्रियस्तरको अग्रणी संस्था हो । उक्त संस्थाले बितेका ३० वर्षमा नेपालका ४३ जिल्लाका ६९ स्थानमा पुस्तकालय बनाइसकेको छ ।