पु.समाचार

सुरु भयो एमाले संसदीय दलको बैठकः बालुवाटार पुगे वामदेव

७ चैत्र, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली निवास वालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा गौतम सहभागी भएका हुन् ।

गौतम संसदीय दलको बैठकमा सहभागी भएको ओली निकट एमाले सांसद विशाल भट्टराईले जानकारी दिएका छन् ।

गौतम यसअघि ओली तथा नेपाल-खनालका कुनै पनि बैठक तथा भेलामा सहभागी भएका थिएनन् । ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल-खनाल पक्ष सभागी नहुने यसअघि नै निर्णय गरिसकेको छ ।