खेलकुद

प्रधानमन्त्री ओली आज थ्री नेसन्स कपको फाइनल हेर्न दशरथ रंगशाला जाने

१६ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थ्री नेसन्स कपको फाइनल हेर्नका लागि दशरथ रंगशाला जाने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार ओलीले खेलपछि विजयी टिमलाई पुरस्कार वितरण गर्नेछन् ।

आज बेलुका ५ः३० बजे हुने फाइनल खेलमा नेपाल र बंगालदेश भिड्दैछन् । नेपाल समूह चरणमा भएका दुवै खेलमा गोलरहित बराबरी खेल्दै फाइनलमा पुगेको हो ।

बंगलादेशले भने किर्गिस्तानको यु-२३ टिममाथि १-० को जित निकालेको थियो । कोरोना भाइरसका कारण दशरथ रंगशालामा तय भएको विश्वकप छनोटका खेल पटक पटक स्थगित भएपछि एन्फाले थ्री नेसन्स कप आयोजना गरेको हो ।