२६ चैत्र, काठमाडौं । राष्ट्रिय उद्योग वार्णिज्य महासंघ केन्दिय समितीको तेस्रो पुर्ण वैठक सम्पन्न भएको छ । बैठक बुधबार काठमाण्डौमा सम्पन्न भएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा उपत्यका विशेष व्युरो इन्चार्ज मिलनको प्रमुख अतिथित्यतामा संचालन भएको बैठकले उद्योग व्यवसाय क्षेत्रमा भएका समस्या तथा तेस्को निराकरणको लागी महासंघले खेल्नु पर्ने भुमिका, संगठन निर्माण तथा परिचालन सम्वन्धी महत्वपुर्ण निर्णय गर्नुको साथै वैज्ञानिक समाजवादी राज्य व्यवस्थामा उद्योगी व्यवसायीहरूको भुमिका सम्वन्धी प्रशिक्षण समेत संचालन गरिएको थियो ।