ब्रेकिङ न्युज

२५ हजार दिएर होल्डिङ सेन्टर खाली, सुकुमवासी अझै अलपत्र-सरकारी व्यवस्थामै प्रश्न

२२ असार, काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेका होल्डिङ सेन्टरबाट सुकुमवासीलाई बाहिर निकालेको छ। तर, धेरैले समयमै कोठा नपाउँदा आफन्तको घरमा आश्रय लिनुपर्ने अवस्था आएको बताएका छन्।

सुकुमवासीहरूका अनुसार सरकारले रकम दिएपछि आफ्नो बसोबास आफैं मिलाउन निर्देशन दिएको थियो। तर छोटो समयमै कोठा नपाउँदा कतिपय आफन्तकहाँ पुगेका छन् भने केही अझै कोठा खोज्दै भौतारिरहेका छन्। उनीहरूले मासिक १५ हजार रुपैयाँ भाडा सहायता कसरी र कहिले पाउने भन्नेबारे पनि अन्योल रहेको बताएका छन्।

यता बागमती सभ्यता एकीकृत विकास समितिले भने सुकुमवासीलाई अलपत्र नपारिएको दाबी गर्दै उनीहरूले रोजेको स्थानसम्म पुग्ने यातायातको व्यवस्था गरिएको जनाएको छ।