२६ चैत्र, काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकबाट चार मन्त्रीको पद खोसिने भएको छ ।
नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा गएका चारजना मन्त्रीको सांसद पद खोसिने भएको हो । चारैजना जना मन्त्री छन् र उनिहरुको सांसद पद खोसिएपछि मन्त्री पदपनि जाने छ ।
आज दिउँसो १ बजे बोलाईएको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसदलाई पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी भएको श्रोतको भनाई छ ।
माओवादी केन्द्रले आफ्नो पार्टी परित्याग गरी एमालेमा गएका उनिहरुलाई चित्त बुझ्दो जवाफ नदिएको भन्दै कारबाहि गरेको हो ।
माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहालले सोमबार संसद सचिवायलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिएका थिए ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुने व्यवस्था छ ।





