पु.समाचार

उप-प्रधानमन्त्री पोख्रेलले आज देशवासीका नाममा सम्बोधन गर्दै

३१ चैत्र, काठमाडौं । कोरोना संक्रमीत बढ्दै गएपछि उप-प्रधानमन्त्री ईश्वर पोख्रेलले आज देशवासीका नाममा सम्बोधन गर्दैछन् ।

मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ ।

मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशबासीलाई उपप्रधामन्त्री पोखरेलले अपील गर्न लागेका हुन् ।

हिजो साँझ बसेको मन्त्रिपरिषदको बैठकले तत्काल कुनै पनि क्षेत्र बन्द गर्ने निर्णय लिनुभन्दा अगाडि जनतालाई कोरोनाको नयाँ प्रजातीबारे पर्याप्त जनचेनता फैलाउने र नयाँ मापदण्डका बारेमा सार्वजनिक अपील गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पछिल्लो प्रस्तावमाथि छलफल भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । सीसीएमसीले शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको थियो ।

उपप्रधानमन्त्री एवं सीसीएमसी संयोजक ईश्वर पोखरेलले सरकारका तर्फबाट आज सार्वजनिक संचारमाध्यममार्फत देशबासीलाई मापदण्डको पालनाबारे अपील गर्नेछन् ।