पु.समाचार

ओलीले पदको दुरुपयोग गरे, हामी एकताकै पक्षमा छौँ : खनाल

८ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदको दुरुपयोग गरेको बताएका छन् । नेता खनालले ओलीले अध्यक्ष पदको दुरुपयोग गरेर जथाभावी गरेको आरोप लगाएका हुन् ।

केन्द्रीय कमिटी बैठकको निष्कर्षअनुसार दुई दिनभित्र स्पष्टिकरण बुझाउन भनिएपछि खनालले ओलीले कारबाहीको नाममा तर्साउन खोजेको बताए । उनले आफूहरुले स्पष्टिकरण दिने समेत बताए ।

आफूहरु एकताकै पक्षमा भएको भन्दै खनालले ओलीले कारबाहीको डण्डा देखाएर पार्टी र मुलुकलाई शासित गर्न खोजेको आरोप लगाए । उनले भने, ‘हामी शुरुदेखि नै पार्टी एकताको पक्षमा छौँ । ओलीले नै पार्टी अध्यक्षको दुरुपयोग गरेर जथाभावी गरिराख्नुभएको छ । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिन्छौँ । हामी पार्टी एकताकै पक्षमा छौँ ।