प्रदेश 1

कोरोनाको जोखिम बढेपछि पाथीभरा मन्दिर दर्शनमा रोक

११ वैशाख, ताप्लेजुङ । जिल्लास्थित पाथीभरा मन्दिरको दर्शनमा रोक लगाइएको छ । कोरोना संक्रमण जोखिम बढेको भन्दै आजदेखि वैशाख मसान्तसम्म मन्दिर बन्द गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आजदेखि मन्दिर दर्शनमा रोक लगाइएको हो ।

मन्दिर दर्शनका लागि धेरै भक्तजन बाहिरी जिल्लाबाट आउने भएकाले कोरोना संक्रमण जोखिम बढी हुने भन्दै मन्दिरमा जाने भक्तजनलाई आवतजावतमा रोक लगाइएको हो ।