पु.समाचार

कलंकी केन्द्र भएर मध्यरातमा गयो भूकम्प

काठमाडौं । काठमाडौंमा बुधबार बिहान १ बजेर ५९ मिनेटमा भूकम्पको पराकम्प गएको छ । कलंकी केन्द्रविन्दु बनाएर ३.५ रेक्टर स्केलको पराकम्प गएको हो ।

भूकम्पको पराकम्पन कलंकी आसपासका क्षेत्रमा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले यस पराकम्पलाई २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्पको पराकम्प भनेको छ ।

२०७२ पछि अहिलेसम्म ५० हजार भन्दा बढी परकम्प गएको छ ।