१४ वैशाख, काठमाडौं । सरकारले देशभरका अस्पतालका ओपीडी सेवा तत्काललाई बन्द गर्ने निर्णय गरेको छ । आकस्मिक सेवा बाहेक ओपीडी सेवा बन्द गर्न सरकारले अस्पतालहरुलाई निर्देशन दिएको हो ।
स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमितको उपचारमा खटिनुपर्ने भएकाले ओपीडी सेवा बन्द गर्न लगाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई सघन उपचार र आकस्मिक उपचारसम्बन्धी आवश्यक उपकरण र अक्सिजनाको व्यवस्था गर्न पनि दिर्नेशन दिएको छ ।
मन्त्रालयले बिदामा रहेका स्वास्थ्यकर्मीलाई पनि काममा फर्कन दिर्नेशन दिएको छ । मुलुकभरका सरकारी अस्पताल संक्रमितले भरिएपछि अपुग जनशक्ति व्यवस्थापन गर्न चिकित्सकलगायतलाई लामो बिदा नदिन र यसअघि लामो बिदामा बसेकालाई तुरुन्त कार्यालयमा हाजिर हुनका लागि पत्राचार गर्न निर्देशन दिएको हो ।





