८ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् साँसद डा डिला संग्रौलाले अन्ततोगत्वा प्रधानमन्त्री र रास्ट्रपतिको सुनियोजित षढ्यन्त्रले संसद र संविधानको चीरहरण हुन पुगेको बताएकी छन् । उनले यो नेपाली जनताको लागि कदापि क्षम्य छैन भन्दै संविधानको रक्षाका लागि कानुनी र राजनैतिक रुपले अब लड्नु बाहेक अरु बिकल्प हामी नेपालीसंग नभएको बताएकी छन् ।
डा संग्रौलाले रास्ट्रपतिको पद र मर्यादालाई ख्याल नगरी संविधानको संरक्षकबाट नै मध्यराती संसदलार्इ भंग गरेर नेपाललाई द्वन्दको भुमरिमा लानु यो कदापि सैह्य हुन सक्दैन भन्ने दाबी गरेकी छन् । उनले एकजुट हुन आह्वान गर्दै भनेकी छन्, यस्तो गैरसंबैधानिक अलोकतान्त्रिक र गैरराजनीतिक कदमको विरुद्धमा लड्नु बाहेक बाहेक हामीसंग अरु उपाय छैन। सबै एक जुट भएर यो कालो दिनको घोर भत्सर्ना गरौं ।
डा संग्रौलाको भनाईः अन्ततोगत्वा प्रधानमन्त्री र रास्ट्रपतिको सुनियोजित षढ्यन्त्रले संसद र संविधानको चीरहरण हुन पुगेको छ। यो नेपाली जनताको लागि कदापि क्षम्य छैन। संविधानको रक्षाका लागि कानुनी र राजनैतिक रुपले अब लड्नु बाहेक अरु बिकल्प हामी नेपालीसंग छैन । रास्ट्रपतिको पद र मर्यादालाई ख्याल नगरी संविधानको संरक्षक बाट नै मध्यराती संसदलाई भंग गरेर नेपाललाई द्वन्दको भुमरिमा लानु यो कदापि सैह्य हुन सक्दैन। यस्तो गैरसंबैधानिक अलोकतान्त्रिक र गैरराजनीतिक कदमको विरुद्धमा लड्नु बाहेक बाहेक हामीसंग अरु उपाय छैन। सबै एक जुट भएर यो कालो दिनको घोर भत्सर्ना गरौं ।





