८ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् नि.बर्तमान साँसद गगन थापाले महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्
नेतागण!नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं भनेका छन् । नेता थापाले राष्ट्रपति बिद्यादेवी भण्डारीले आज मध्यरातमा नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सँसद भंग गरेपछि टिप्पणी गर्दै भनेका छन्, खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद१विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६(३)को सरकार गठन, विश्वास लिनुको सट्टा७६(५)को आव्हान, अनुकुल नभएपछि फेरी विघटन! कस्तो सेटिङ! प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो। लिए । सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् भन्दै चिन्तासमेत ब्यक्त गरेका छन् ।
उनले
गगन थापाको पुरा टिप्पणीः खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद! विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६(३)को सरकार गठन, विश्वास लिनुको सट्टा७६(५)को आव्हान, अनुकुल नभएपछि फेरी विघटन! कस्तो सेटिङ! प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो। लिए!
सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्
नेतागण१नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।






