८ जेठ, काठमाडौं । नेपाली काँग्रेसको बिद्यार्थी भातृसंस्था नेपाल बिद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले राष्ट्रपति र प्रधानमन्त्रीले संसद बिघटन गर्ने गरेको गैरसंबैधानिक कदमबिरुद्ध सबैलाई आन्दोलनमा उत्रन आग्रह गरेका छन् । उनले एक बिज्ञप्ती निकाल्दै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा मध्य रातमा लोकतन्त्र र संविधान माथि हमला भएको बताएका छन् ।
उनले भनेका छन्, नेपाली जनताको साँढे सात दशक लामो संघर्ष र वलिदान वाट प्राप्त उपलव्धी हरूलाइ समाप्त पार्ने दुष्प्रयास भएको छ । लोकतन्त्र र लोकतान्त्रिक संविधानको धज्जी उडाउँदै, देशलाइ अन्यौलता र अराजकता तर्फ धकेल्ने गरी मध्य रातमा षडयन्त्रपूर्वक गरिएको प्रतिनिधि सभा विघटन गर्ने निर्णयको हामी घोर निन्दा र भत्सर्ना गर्दछौं ।
अध्यक्ष ढुंगानाले भनेका छन्, ‘सिङ्गो देश कोरोना कहरले आक्रान्त छ । जनताको ज्यान गुमिरहेको छ, संक्रमितको संख्या दिनहुँ हजारौंको संख्यामा वढ्दो छ, जनता वडो छटपटिमा छन् । स्थिति यस्तो छ कि जनताले अस्पतालमा सामान्य शैया पाइ रहेका छैनन्, अक्सिजन, आइसियु वा भेन्टिलेटर त दुर्लभ जस्तो भइ सक्यो । यस्तो अवस्थामा समेत जनतालाइ कसरी राहत दिन सकिन्छ, कसरी अक्सिजन, भेन्टिलेटर र अन्य स्वास्थ्य उपकरणको व्यवस्था गरी जनताको जीवन रक्षा गर्न सकिन्छ भन्ने तर्फ कत्ति पनि चिन्ता र चासो नलिई प्रधानमन्त्री र राष्ट्रपति अध्यारो कोठामा वसी देश, जनता र लोकतन्त्रको विरुद्ध षडयन्त्रको तानावाना वुन्नु ले सम्पूर्ण नेपाली जनता आक्रोशित र मर्माहत भएका छन् । त्यसैले सत्ता स्वार्थमा मात्र निर्लिप्त ओली विद्या गठवन्धनलाइ परास्त गरी सत्ताच्यूमत गर्नु आजको राष्ट्रिय आवश्यकता हो ।’
अध्यक्ष ढुंगानाले थपेका छन्, ‘अव लोकतन्त्र र संविधानको रक्षार्थ निर्णायक संघर्षको घडी आएको छ । सत्ताको आयु लम्व्याउन संविधानका हरेक धारा छल्दै, रमाउँदै वसी रहेका ओली बिद्या गठवन्धनको हरेक गतिविधिले प्रष्ट पारी सकेको छ कि उनीहरु सत्तामा टिकी रहन लोकतन्त्र र संविधान समाप्त पार्ने दिशामा अघि वढेका छन । कथित निर्वाचन, गराउनका निम्ति हैन, नगराउनका निम्ति घोषणा गरिएको स्पष्ट छ । आज लोकतन्त्र संकटमा परेको छ । ओली विद्या सर्वसत्तावाद लाद्न उन्मुख छन् । त्यसैले देश भरका युवा विद्यार्थीहरुलाइ संघर्षको मैदानमा उत्रिन आव्हान गर्दछु । आ(आफ्नो ठाउँ वाट यो असंवैधानिक र अलोकतान्त्रिक कदम को प्रतिरोध गरौं । लोकतन्त्र र संविधानको रक्षार्थ ओली, बिद्या दुवैलाई संघर्षका माध्यमवाट सत्ताच्यूत गर्न अघि वढौं ।’





