९ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रलाले राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ कठैबरा भनेर प्रतिकृया दिएकी छन् । उनले गणतन्त्र संरक्षकले संविधान माथि बारम्बार प्रहार गर्ने अनि सम्मान खोज्ने ? भनेर प्रश्न गर्दै उक्त प्रतिकृया दिएकी हुन् ।
डा संग्रौलाले पदिय मर्यादालाई बिर्सेर राजनितिक दलको अमुक ब्यक्ति जस्तो भएर गरिएको कार्यले गणतन्त्रको अपमान भएको ठहर गर्दै आफ्नो सम्मान खोज्नेले कर्तव्य र दायित्व निर्बाह गर्न जान्नु पर्ने विचार राखेकी छन् । उनले राष्ट्रपतिलाई आक्रोश पोख्दै भनिन्, रास्ट्रपतिज्यु ! फलेको वृक्षको हाँँगो नझुकेको कहाँ छ र ? भन्ने कुरा थाहा छैन र ? सेटिङ र जालझेल गर्ने अनि सम्मान खोज्ने ?
डा संग्रौलाले आफ्नो इशारामा लुरुलुरु हिड्ने रास्ट्रपतिलाई कसैले तिमी भन्दा प्रधानमन्त्रीको मन किन नकुडियोस ? आफ्नो आङको भैंसी नदेख्ने अरुको आङको जुम्रा ?प्रश्न थपेकी छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिज्ञप्तीमार्फत तिमी भनेको बिषयलाई लिएर डा संग्रौलाले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध उत्रिएकी हुन् ।
डा डिलाको भनाईः राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ कठैबरा!
गणतन्त्र संरक्षकले संविधान माथि बारम्बार प्रहार गर्ने अनि सम्मान खोज्ने ?
पदिय मर्यादालाई बिर्सेर राजनितिक दलको अमुक ब्यक्ति जस्तो भएर गरिएको कार्यले गणतन्त्रको अपमान भएको छ। आफ्नो सम्मान खोज्नेले कर्तव्य र दायित्व निर्बाह गर्न जान्नु पर्दछ । रास्ट्रपतिज्यु! ‘फलेको वृक्षको हाँँगो नझुकेको कहाँ छ र ?’ भन्ने कुरा थाहा छैन र ? सेटिङ र जालझेल गर्ने अनि सम्मान खोज्ने ? आफ्नो इशारामा लुरुलुरु हिड्ने रास्ट्रपतिलाई कसैले तिमी भन्दा प्रधानमन्त्रीको मन किन नकुडियोस? आफ्नो आङको भैंसी नदेख्ने अरुको आङको जुम्रा ?





