राजनीति

तिमीहरुको निरङ्कुश शासन बिरुद्ध रगत बगाउन तयार छौं, हजुर भन्दैनौः नेता गुरुगं

९ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले नेपाली जनताको दुःखले आर्जेको गणतान्त्रिक नेपालमा सितल दरबारमा बसेर बारम्बार जनताको संबिधान च्यात्नेलाई ‘हजुर’ भनिदैन भन्ने टिप्पणी गरेका छन् । नेता गुरुगंले इतिहासमा निरङ्कुश शासकहरु बिरुद्ध लडेकै हौं, फेरि तिमीहरुको निरङ्कुश शासन बिरुद्ध रगत बगाउन तयार छौं भनेर मध्यरातमा असंबैधानिक तवरले संसद भंग गर्ने राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षीत गर्दै आक्रोश पोखेका हुन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई तिमि भनेर बिज्ञप्ती निकालेको बिषयमा सभापति देउवाको आलोचना भईरहेको बिषयमा नेता गुरुगंले क. ओलीजी१ चेतना भया ?समेत भनेका छन् ।
उनको ट्वीटः इतिहासमा निरङ्कुश शासकहरु बिरुद्ध लडेकै हौं। फेरि तिमीहरुको निरङ्कुश शासन बिरुद्ध रगत बगाउन तैयार छौं।
तर नेपाली जनताको दुःखले आर्जेको गणतान्त्रिक नेपालमा सितल दरबारमा बसेर बारम्बार जनताको संबिधान च्यात्नेलाई ‘हजुर’ भनिदैन।
क.ओलीजी! चेतना भया?!