१५ जेठ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाबाट जनता बचाउने, राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भएको संसद बिघटनलगायतबाट संबिधान बचाउने र १४ औं अधिवेशन समयमै गरेर काँग्रेस बचाउने कार्य सबैभन्द्या महत्वपूर्ण भएको बताए । उनले काँग्रेस कार्यकर्तामा उत्शाह नभएको भन्दै काँग्रेसको नेतृत्वको मापदण्ड लिंग, बर्ण, बिचार, उमेर के हो भन्नेमा काँग्रेस नेता कार्यकर्ताले नै निर्णय गर्नुपर्ने बताए ।
उनले नेपाली काँग्रेस सम्पर्क समितिहरुको आयोजनामा भएको आजको जुम बैठकमा बोल्दै करोडौं जनता ने सिंहासनका मालिक भएको बताए । उनले राजाको चरित्र भएका मानिसहरु राजनीतिमा सकृय भएको भन्दै प्रधानमन्त्रीले लामो एक घण्टाको भाषणमा प्रधानमन्त्री, राष्ट्रपति सबै केपी शर्मा ओली भनेर सबै देश र जनताको मालिक आफैं भएको उदाहरण भएको बताए ।
नेता पौडेलले संसद बिघटन गर्नुभन्दा अगाडी प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भएपनि नैतिकता गुमाएको बताए । उनले काँग्रेसलाई सत्ता नदिएपनि एमालेकै अर्को कसैलाई सत्ता दिएको भएपनि आफूहरुलाई आपत्ती नहुने बताए । नेता पौडेलले संसदको अपहेलना प्रधानमन्त्रीले गरेको भन्दै प्रधानमन्त्री ओलीले अदालतको आदेश पनि नमानेको बताए । उनले तेस्रो कुरा काँग्रेस बचाउनुपर्ने भएपनि त्यसका लागि १४ औं अधिवेशन समयमा नै गर्नुपर्ने अवस्थामा पार्टी बच्ने बताए ।
नेता पौडेलले अधिवेशन गर्ने बिभिन्न बिकल्प भएको बताउँदै माहामारीबाट जनता आक्रान्त भएको समयमा सबै माहामारीका कारण मृतक भएकालाई श्रद्धान्जली गर्दै कोरोना संक्रमितको स्वास्थय लाभको कामना गरे। उनले असाधारण परिस्थिमा कुनै हालतमा भदौमा निर्बाचन हुनुपर्ने संबैधानिक ब्यवस्था भएका कारण बिकल्प अपनाएर अधिवेशन पूर्ण रुपले गर्नुपर्ने बताए ।
बरिष्ठ नेता पौडेलले बिशेष माहाधिवेशन गर्न सकिने अवस्थाको पनि बिकल्प भएको भन्दै काँग्रेसले सत्तालाई भन्दा ब्यवस्थालाई महत्व दिनुपर्ने बताए । नेपाली काँग्रेसका प्रवक्ता बिशवप्रकाश शर्माले राष्ट्रपतिबाट संबिधान मिच्ने काम भएको बताएका छन् । उनले सर्बोच्च अदालतले परमादेश जारी गर्दै संसद पुनःस्थापना गर्ने र त्यसको लागि पौष ५ गतेको संसद बिघटनलाई पुनःस्थपाना गरेर दृष्टान्त दिएको बताए ।
नेपाली काँग्रेसका नेता अम्रेश कुमार सिंहले नेकपा एमाले अध्यक्ष केपीशर्मा ओली नेतृत्वको सरकारले संबिधान बिगारेको बताएका छन् । उनले काँग्रेस नेतृत्वको सरकारलेमात्र संबिधानलाई बचाउन सक्ने अवस्था भएको भन्दै कम्युनिष्ट नेतृत्वको सरकारको निर्देशनमा कोरोना माहामारीको समयमा स्वास्थ्यकर्मीमाथी आक्रमण हुन दुःखद भएको बताएका छन् । उनले काँग्रेसमा पहिले पहिले पनि ब्यापारीहरुलाई समेटेर पार्टीमा समाहीत गर्ने चलन भएको भएपनि पछिल्लो समयमा ब्यापारीलाई समाहीत गर्नेमात्र नभएर ब्यापारीहरुको इच्छाअनुसार काँग्रेस चलेको आरोप लगाए । नेता सिंहले काँग्रेसले बयापारीहरुको इच्छाअनुसार हिँडेका कारण काँग्रेसमा पछिल्लो समय बिचार हराउँदै गएको बताए ।
नेपाली काँग्रेसकी नेतृ डा डिला संग्रौलाले कोरोना माहामारीको समयमा कोरोना भ्याक्सिनमा अनियमीतताको गन्ध आएको र तत्काल पहिलो चरणको समेत भ्याक्सिन नपाएका कारण उनीहरुले तत्काल पाउनुपर्ने बताईन । उनले एकातिर मानविय संकट र अर्कोतिर राजनीतिक संकट भएको भन्दै त्यसमा काँग्रेस माहाधिवेशन गर्नुपर्ने जिम्मेवारी भएको बताईन् । उनले सबै कुरालाई समाधान गर्ने भनेको राजनीति भएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीका कारण संबिधानको हत्या भएको बताईन् । उनले काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पहिलोपटक संसद बिघटन हुँदा होस् या अहिले होस त्यसमा राजनीतिक लडाईका लागि संसद पुनःस्थापना हुनुपर्छ भन्ने माग गरिरहेर काँग्रेस मधयमागी पार्टीको रुपमा भएको बताईन् । उनले १४ औं माहाधिवेशन समयमै हुनुपर्नेमा आफू दृढतामा रहेको बताए ।





