१६ जेठ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको पाँच दलको बैठकले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मँ ओलीका पछिल्ला अराजनीतिक कदमका बिरुद्धमा अब राजनीतिक लडाईका लागि समझौता गरेका छन् ।
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल, नेकपा एमाले बरिष्ठ नेता झलनाथ माधव समूह, जनता समाजबादी दलका अध्यक्ष उपेन्द्र यादव, राजमोका दुर्गा पौडेलले हस्ताक्षर गरेर सहमती गरेका हुन् । १४६ जना सँसदसहितको हस्ताक्षर सर्बोच्च अदालतमा निबेदन दिएका दलहरुले सर्बोच्च अदालतमा निबेदन दिएर कानूनी लडाई लडेको बताएका छन् भने अब राजनीतिक लडाई लड्नुपर्ने उनीहरुको तर्क छ ।





