१८ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले न्यायक्षेत्रमा संलग्न कानुन व्यावसायिक र पुर्ब न्यायाधीशलाई सार्बजनिक रुपमै गालिगलौजमा प्रधानमन्त्री उत्रनु भनेको न्यायलय प्रती ठाडो हमला भएको बताएकी छन् ।
उनले भनेकी छन्, ‘असम्बैधनिक कार्य गरेका प्रधानमन्त्री केपि ओलीले न्यायलयको ढोका बन्दगरी सम्पुर्ण रुपमा राज्यसत्ता कब्जा गरेको सन्देश दिइरहेका छन् । स्वतन्त्र न्यायपालिकाको भुमिकालाई कार्यपालिकाको छायामा राख्ने उनको कुल्सित उदेश्यलाई पछिल्ला अभिव्यक्तिले पुष्ठि गरेका छन् । न्यायक्षेत्रमा संलग्न कानुन व्यावसायिक र पुर्ब न्यायाधीशलाई सार्बजनिक रुपमै गालिगलौजमा प्रधानमन्त्री उत्रनु भनेको न्यायलय प्रती ठाडो हमला नै हो।’
डा संग्रौलाले, ‘प्रधानमन्त्री ओलिको संविधान बिरोधि कदमलाई रोक्ने एकमात्र संबैधानिक उपाय नै सम्मानित सर्बोच्च अदालतको निर्णय नै हो’ भन्ने बिचार राखेकी छन् । उनले सम्पुर्ण नेपाली जनताको ध्यान अब सर्बोच्च तिर भएको र असम्बैधानिक कदम सच्च्याउने अपेक्षा जनतामा रहेको बिश्वास राखेकी छन् ।





