राजनीति

उज्जल थापाको बिषयमा बाहिर आएका समाचार गलत, उहाँको भेन्टिलेटरमा उपचार हुँदैछः अध्यक्ष मिश्र

१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ्य अवस्था जटिल तर स्थीर रहेको छ । अस्पतालमा केहीदिनदेखी उपचार गराईरहेका थापाको निधन भएको खबर गलत भएको र उहँँको भेन्टिलेटरमा राखेर उपचार गराईरहेको बताईएको छ । बिबेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेता थापाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको र बाहिर आएका हल्ला निराधार भएको स्पष्ट गरेका छन् ।
अस्पतालले स्पष्ट नगरी कसैको निधन भएको भन्न नमिल्ने भएपनि कतिपय मिडियाले नेता थापाको निधन भएको समाचार प्रकाशित गरिरहेकाले सर्बसाधारणमा मिडियाप्रति नै नकारात्मक असर परिरहेको र आलोचना भोग्नुपरिरहेको अवस्थामा उक्र समाचारले पनि समस्या पारेको राजनीतिक बिश्लेशकहरुले बताएका छन् । नेता थापालाई कोेरोना संक्रमण भएका कारण केहीदिनदेखी उपचार भईरहेको छ ।