१९ जेठ, काठमाडौं । राजा बिरेन्द्रको परिवार नै हतया भएको आज २० बर्ष लागेको छ । २०५८ साल जेठ १९ गते राती राजता बिरेन्द्र रानी ऐशैर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो । राती हत्या भएपछि भोलीपल्ट देशभर नै चकमन्न भएर अधिकाँस नेपाली जनताले कपालसम्म खौरेका भएपनि अहिले नेपालमा राजसंस्था इतिहाँस भएको अवस्था ।
नेपालमा १३ पुस्ता राजा भएको इतिहाश भएपनि अहिले राजसंस्थाको पूर्णतः अन्त्य भएको मानिन्छ । पछिल्लो संबिधानमा राजसंस्थाको नामनिशाना पनि देखिँदैन तर दरबार हत्याकाण्डको सत्यतथ्य भने अझै बाहिर आएको छैन । तत्कालीन सरकारले ल्याएको दरबार हत्याकाण्डको प्रतिबेदन चित्तबुझ्दो नभएको राजनीतिक बिश्लेशकहरुले बताएपनि नेपालमा हुने यस्ता प्रकारका रहस्यमय हत्याकाण्डहरुको सही प्रदिवेशन नबन्दा यस्ता घटनाहरु दोहोरिने क्रम रोकिएका छैनन् ।
नेपालमा टेलिभिजनका लगानीकर्ता जमिन शाहको हत्या, मदन आश्रितको दासढुंगा काण्डलगायतका हत्याकाण्डहरुलाई लिदाँखेरी नेपालमा रहस्यमय हत्याकाण्डहरुको बिश्वसनीय रुपमा अनुसंधान गरेको र जनता सरकारी फितलो अनुसंधानमा बिश्वस्त नभएको देखिन्छ ।
राजा बिरेन्द्रलाई बिष्णु भगणनको अवतारको रुपमा नेपाली बौद्धिक क्षेत्रमा बहस भएको अवस्था अहिलेपनि ताजै छ तर राजसंस्थाको बिषयमा भने संबिधानले नै समाप्त पारिसकेको छ । तैपनि केही पुर्व राजाबादीहरुले राजसंस्थाको कुरा र माग गर्न भने छाडेका छैनन् ।
३० बर्ष नेपालमा राजा बन्न सफल भएका राजा बिरेन्द्र नेपाली जनताको मागअनुसार राजनीतिक बाटोमा हिँडेका कारण उनी नेपाली जनतामो मनभित्र बसिरहेका छन् । उनले प्रजातन्त्र स्थापनाका लागि गरेको त्याग अनन्तकालसम्म प्रजातन्त्रलाई माया गर्ने बिश्व समुदायले नै सम्झिने छ । कुनै बेला राजा भनेको संबिधानभन्दा माथी हुन्थ्यो तर प्रजातन्त्र आएपनि राजसंस्था पनि संबिधानमै रहने ब्यवस्था भयो ।
कतै कतै राजसंस्था फर्किन्छ कि भन्ने बहस पनि नभएको होईन तर बिरेन्द्र र उनको परिवारलाई सम्झेर राजसंस्थालाई माया गर्ने नेपालीहरुले त्यतिको माया गर्ने अरु भरपर्दो राजा बन्ने ब्यक्ती भने देखेका छैनन् । राजसंस्था ढलेको डेढ दशक पनि नभएकोले राजसंंस्थाको बहस हुनु स्वभाकि नै भएको तर्क राजनीति शास्त्रीहरुको छ । उनीहरुको बिचारमा राजसंस्था हटेपछि देश र जनताका लागि राम्रो भएको भए पनि नेपाली जनताले राजतन्त्रको बिषयमा सोच्ने कुनै आउँदैनथ्यो तर अहिले त्यो बेला भन्दा बढी भ्रष्टाचार बढ्नु पनि नेपाली जनताको बिकल्पको रुपमा राजसंस्था रहनु स्वभाबिक भएको हो । कति राजाबादीहरुले त राजा आउ देश बचाउ भन्ने नारासमेत सभा तथा जुलुशहरुमा लगाउन छाडेका छैनन् ।
संघीय गणतन्त्रात्मक संबिधानमा राजनीतक दलहरुले स्वभाबिक रुपमा देश र जनताको सेवा गर्न सकेका छैनन् बरु झनै भ्रष्टाचार बढ्नु, राजनीतिक अस्थिरताका कारण मुलुकको भबिश्य नै अन्यौल हुनुका कारण नेपाली जनता ब्यवस्थाबाटसमेत निरास भएको अवस्थामा राजसंस्थाको बहस धेरै नै बढेको छ । राजसंस्था पर्किन्छ वा फर्किनुपर्छ भन्ने कुरा फरक भएपनि बहस भने बढ्दै गएको कुरा सही हो ।
राजपरिवारको हत्यापछि बिरेन्द्रका भाई ज्ञानेन्द्र शाह राजा बनेका थिए ।





