राजनीति

सरकारको तराई/मधेस नीतिले देशको आर्थिक स्रोत/साधनलाई दुरुपयोग गरि सत्ता टिकाउने माध्यमः डा संग्रौला

१९ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले बालुवा, गिट्टी, ढुङ्गा बिदेशमा निर्यात गर्दा बाढीले आक्रन्त भएका मधेसबासीलाई नस्ट गर्ने षडयन्त्र त हैन? भनेर प्रश्न गरेकी छन् ।
डा संग्रौलाले हालै अद्यादेश मार्फत ओली सरकारले जारी गरेको आब २०७८/७९को बजेटमा बालुवा, गिट्टी, ढुङ्गा बिदेशमा समेत निकासी फुकुवा गर्ने घोषणाले चुरे ध्वस्त पार्ने र तराई मधेसका जनतालाई बाढी र डुवानमा पार्ने र मरुभूमिकरणमा रुपान्तरण गर्ने आपत्तिजनक र रास्ट्रघाती निर्णय गरेको बताएकी छन् ।
उनले भनेकी छन्, यो सरकारको गैरजिम्मेवार र तराइ मधेस बिरोधी नीतिको उजागर गर्दछ। आफुलाइ रास्ट्रबादी भन्ने ओलि सरकारले देशका सम्पुर्ण प्राकृतिक स्रोत र साधनको बिचौलिया एबम डनतन्त्र मार्फत बिक्रि बितरण गर्न उद्दत नै छन् ।

उनी भन्छिन्: उनले बर्सेनि हुने बाढी र डुवानको समस्याले आक्रन्त भएको तराई मधेसलाई समुल रुपमा नस्ट गर्ने षडयन्त्र त हैन? यसर्थ सरकारको यो नीतिले तराई मधेस त समस्यामा पर्छ नै देशको आर्थिक स्रोत र साधनलाई दुरुपयोग गरि सत्ता टिकाउने माध्यमका रुपमा लिइने यो नीति घोर भर्त्सनायोग्य भएको बताएकी छन्।
डा संग्रौलाले यस्तो रास्ट्रघाती नीतिको बिरुद्धमा सम्पुर्ण नागरिक एक भई बिरोध गरौं, चारैतर्फबाट आवाज बुलन्द गरौं र नीर्णय फिर्ताका लागि सरकारको प्रतिरोधमा सम्पुर्ण नेपाली लागौं भन्दै आह्वानसमेत गरेकी छन् ।