राजनीति

राष्ट्रपति कार्यालयमा दर्जन भन्दा बढी मन्त्री/राज्यमन्त्रीको सपथको तयारी सम्पन्न, मिचियो निर्बाचन आचारसंहिता

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसंग सहमती भएपछि उपप्रधानमन्त्रीमा राजेन्द्र महतो, बिष्णु पौडेल, रघुबीर महासेठसहितका एक दर्जन मन्त्रीहरुलाई राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ खुवाउने तयरी भएको छ । राजपाबाट संसदीय दलका नेता राजेन्द्र महतोसहित ८ जना मन्त्री र २ जना राज्यमन्त्री हुनेछन् भने नेकपा एमालेबाट बिष्णु पौडेल, रघुवीर माहासेठ, शेरबहादुर तामागंलगायतका मन्त्रीमा सपथ हुने कार्यक्रम रहेको समाचार बाहिरिएको छ ।
उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेलसहितका केही मन्त्रीहरुपनि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदबाट बाहिरिने बताईएको छ । कात्तिक र मंशिरमा निर्बाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रीपरिषद बिस्तार वा पुनःगठन गर्नु निर्बाचन आचारसंहिता बिपरीत भएको राजनीति बिश्लेषकहरुले बताएका छन् ।