राजनीति

भस्मासुर प्रबृत्तिका प्रधानमन्त्री केपी ओली नैतिक, बैधानिक, सामाजिक रुपमै निर्बस्त्रः डा डिला संग्रौला

२१ जेठ, काठमाडौं । नेपाल काँग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले आफैं असम्बैधानिक रहेका र सर्बोच्च अदालतबाट संसद विघटन सम्बन्धित मुद्दाको फैसला नहुदै प्रधानमन्त्री केपि ओलिले हिजो गरेको मन्त्रीमण्डल पुनःगठनले नेपालको राजनीति घिनलाग्दो अबस्थामा पुगि यसले सम्पुर्ण स्वाभिमानी नेपालीको मनलाई लज्जित बनाउदै सरकारप्रति बितृस्णा र आक्रोशको ज्वाला पैदा गरेको बताएकी छन् ।
डा संग्रौलाले प्रतिकृया दिँदै पद लोलुप्त, भस्मासुर प्रबृत्तिका अनुयायीका रुपमा रहेका प्रधानमन्त्री केपी ओली नैतिक, बैधानिक, सामाजिक रुपमै निर्बस्त्र भएर नृत्य प्रदर्सन गर्न लागेको भनेकी छन् ।
उनले अब सबै राजनैनिक पार्टीहरु र जनता एकत्रित भएर मुलुकको अखण्डता, सार्बभौमसत्ता ,प्रजातान्त्रिक अधिकार र बिधिको सर्बोच्चताका लागि संघर्सको मैदानमा उत्रनु पर्ने स्थिती आएको बताएकी छन् ।
उनी भन्छिन्ः आफैं असम्बैधानिक रहेका र सर्बोच्च अदालतबाट संसद विघटन सम्बन्धित मुद्दाको फैसला नहुदै प्रधानमन्त्री केपि ओलिले हिजो गरेको मन्त्रीमण्डल पुनःगठनले नेपालको राजनीति घिनलाग्दो अबस्थामा पुगि यसले सम्पुर्ण स्वाभिमानी नेपालीको मनलाई लज्जित बनाउदै सरकारप्रति बितृस्णा र आक्रोशको ज्वाला पैदा गरेको छ। पद लोलुप्त, भस्मासुर प्रबृत्तिका अनुयायीका रुपमा रहेका प्रधानमन्त्री केपी ओली नैतिक ,बैधानिक, सामाजिक रुपमै निर्बस्त्र भएर नृत्य प्रदर्सन गर्न लागे। अब सबै राजनैनिक पार्टीहरु र जनता एकत्रित भएर मुलुकको अखण्डता, सार्बभौमसत्ता ,प्रजातान्त्रिक अधिकार र बिधिको सर्बोच्चताका लागि संघर्सको मैदानमा उत्रनु पर्ने स्थिती आएको छ।