राजनीति

सबैले सहमतीबाट नेतृत्व चयनको बाटो नसमाते म पनि सभापतिको उम्मेद्वार बन्छुः नेता केसी

२२ जेठ, काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर संबैधानिक र राजनीतिक संकट निम्त्याएको बतँएका छन् । ओली सरकारले मुलुकमा अराजकता निम्त्याएको भन्दै काँग्रेसले संबिधान बचाउन र राजनीतिक संकटको अन्त्य गर्न निर्णयक भूमिका खेल्ने बताएका छन् ।
उनले एक भर्चुअल कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कमजोर भएको भन्ने आरोप गलत भएको बताएका छन् । उनले अहिले काँग्रेस संबिधान बचाउने र काँग्रेसलाई कानूनी रुपबाट बचाउने दुईवटा थप जिम्मेवारी भएको बताउँदै नेपाली काँग्रेस निर्बाचनमा जाने वा नजाने भन्ने पार्टीले निर्णय गर्नुपर्ने बताए ।
पुर्वमन्त्रीसमेत रहेका नेता केसीले काँग्रेसले बिशेष माहाधिवेशन सम्भव भए क्रियाशिल सदस्यताको बिबाद मिलाएर गर्न सकिने अवस्था आउनसक्ने बताए । नेपालको संबिधानको धारा १६९ अनुसार बढीमा साढे ५ बर्षमा अधिवेशन गर्नुपर्ने बाध्यात्मक अवस्था भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च नेतृत्वलाई संबिधान संसोधन गरेर भएपनि सहयोग गर्छु भनेको कुरा गलत भएको बताए ।
उनले पत्रकार माहासँघको निर्बाचन १३ हजार सदस्यकाबीच सम्पन्न भएको दृष्टान्त दिँदै नेपाली काँँग्रेसका ७ ८ हजार माहाधिवेशन प्रतिनिधिकाबीच बिशेष माहाधिवेशन सम्भव हुने बताए । नेता केसीले एकले अर्कोलाई दोष लगाउन सजिलो भएपनि अधिवेशन गर्न त्यति सहिलो नहुने भन्दै काँग्रेसको बैधानिकताको कुरा सबैभन्दा महत्वपूर्ण भएको बताए ।
उनले सर्बोच्च अदालतले १४९ जना साँसदहरुको हस्ताक्षर भएर गएपनि स्टे अर्डर जारी नगरेकोमा असन्तुष्ट हुँदै आउँदो निर्बाचनमा नेपाली काँग्रेसलाई पहिलो बनाउँन लागि पर्नेबेला आएको बताए । नेता केसीले सहमतीमा सामूहीक रुपमा सबैले नेतृत्व गरे आफू पछाडी हट्न तयार रहेको भन्दै कसैले पनि नछाडेमा आफुपनि सभापति वा नेतृत्वको दाबी गर्ने बताए ।