राजनीति

वीर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेर अस्पताललाई दलको कब्जामा राख्ने प्रयासः डा कोईराला

२७ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले सरकारले अध्यादेश मार्फत न्याम्सको स्वामित्वमा रहेको विर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेर अस्पताललाई दलको कब्जामा राख्ने प्रयास गरेको बताएका छन् ।
उनले ट्वीट गर्दै वीर अस्पताललाई स्रोत परिचालन र कार्यकर्ता भर्ती केन्द्र बनाउने तथा न्याम्सबाट अलग्याउने गरि अध्यादेश ल्याईनु सर्वसत्तावादी सोच भएको दाबी गरेका छन्।

डा कोईरालाको ट्वीटः सरकारले अध्यादेश मार्फत न्याम्सको स्वामित्वमा रहेको वीर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेर अस्पताललाई दलको कब्जामा राख्ने प्रयास गरेको छ।
वीर अस्पताललाई स्रोत परिचालन र कार्यकर्ता भर्ती केन्द्र बनाउने तथा न्याम्सबाट अलग्याउने गरि अध्यादेश ल्याईनु सर्वसत्तावादी सोच हो।