राजनीति

सरकारका कारण देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैनः गगन थापा

२८ जेठ, काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन भनेका छन् । उनले निषेधाज्ञा उल्लङ्घन गरेर सडकमा आउनु गलत भएपनि सरकारका कारण सडकमा आउनुको विकल्प नभएको बताएका छन् ।
नेता थापाले जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि, जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै, कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञाबाट फाइदा उठाउने प्रपन्च गर्छ त्यसपछिमात्र जनताले बिकल्प रोज्ने बताएका छन् ।
नेता थापाको ट्वीटः निषेधाज्ञा उल्लङ्घन गरेर सडकमा आउनु गलत हो। तर जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि, जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै, कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञाबाट फाइदा उठाउने प्रपन्च गर्छ, देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन।