राजनीति

भीम रावलको प्रश्नः भारतले दाचुलाको सीमानामा सडक बनउँदा प्रधानमन्त्री ओली किन चुपचाप ?

भीम रावल

२९ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा भीम रावलले भारतले दार्चुला जिल्लामा नेपालको भूभाग अतिक्रमण गरी सडक बनाउने काम जारी राखेकोमा ध्यानाकर्षण भएको बताएका छन् । उनले ट्वीट गर्दै यही क्रममा गरिएको बिष्फोटबाट व्यास गाँउपालीकामा घोडेटो बाटो क्षतिग्रस्त भएको समाचार प्रति ध्याकाकर्षण गर्दै प्रधानमन्त्री केपी र सरकार किन चुप ? भन्ने प्रश्न गरेका छन् ।
नेता रावलले कि देश र जनताको रक्षा गर्ने प्रमुख दायित्वबाट प्रधानमन्त्री र सरकार च्युत भइसकेका हुन् ? भन्दै अर्को प्रश्न गरेका छन् । भारतले सीमाबाट नेपालतिर निर्बाध सडक बनाएको समाचार आईरहेकाप्रति नेकपा एमालेका नेता रावलले सरकारको आलोचना गरेका छन् । उक्त बिषयमा प्रधानमन्त्री वा सरकारले पछिल्लो समय बिरोध जनाउने वा समर्थन गर्ने आधिकारीक धारणा दिएको छेन ।
नेता रावलको ट्वीटः भारतले दार्चुला जिल्लामा नेपालको भूभाग अतिक्रमण गरी सडक बनाउने काम जारी राखेको छ। यही क्रममा गरिएको बिष्फोटबाट व्यास गाँउपालीकामा घोडेटो बाटो क्षतिग्रस्त भएको समाचार छ।प्र।मं केपी र सरकार किन चुप ? कि देश र जनताको रक्षा गर्ने प्रमुख दायित्वबाट प्रधानमन्त्री र सरकार च्युत भइसकेका हुन् ?