राजनीति

मुलुकको मुख्य शासक प्रधानमन्त्रीकै क्रियाकलाप र शोचमा मुर्खता सिवाय केही देखिदैनः डा संग्रौला

३१ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् निबर्तमान साँसद डा डिला संग्रौलाले प्राज्ञिक स्वतन्त्रता माथि ठाडो हस्तक्षेप भएको प्रतिकृया दिएकी छन् । उनले बर्तमान नेपालमा नेपाली जनता मुर्ख शासन अंतरगत विधि पद्धति ,रीती नियम सबैलाई अध्यारो सुरुङ्गमा फालेर नातागोता,मोलमोलाहिजा,गुटतन्त्रको शिकार भएको बताउँदै उक्त आरोप लगाएकी हुन् ।
काँग्रेस नेतृ डा संग्रौलाले एउटा निजी बिएण्डसी कलेजलाई सम्बन्धन सिफारिस गर्न चिकित्सा शिक्षा आयोगलाई प्रधानमन्त्री र शिक्षा मन्त्रीबाटै धम्कीदिइ प्राज्ञिक स्वतन्त्रता माथि ठाडो आक्रमण भएकोमा दुःख ब्यक्त गर्दै मुलुकको मुख्य शासक प्रधानमन्त्रीकै क्रियाकलाप र शोचमा मुर्खता सिवाय केही नदेखिएको दाबी गरेकी छन् ।
उनले सत्ता संचालकहरुको नैतिक पतनको चरम रुप बिज्ञहरुमाथीको धम्की भएको बताउँदै ऊनीहरुकै तोक आदेशमा मात्र निर्णय हुने भए बिश्वबिद्यालय सभा, चिकित्सा शिक्षा आयोगको बैठक र बिज्ञहरुको के औचित्य रह्यो र ? भन्ने प्रश्न गरेकी छन् । डा संग्रौलाले आह्वान गर्दै भनेकी छन्, संविधान ध्वस्त बनाउने, ऐन नियम धुजाधुजा पार्ने, लोकतान्त्रिक संस्थाहरु मास्ने, प्राज्ञिक स्वतन्त्रता माथि ठाडो हस्तक्षेप गर्ने असम्बैधानिक ओलि सरकारको बिरोध गरौं र संविधान र लोकत्रन्त्रको रक्षा गरौं ।
डा संग्रौला भन्छिन्ः बर्तमान नेपालमा नेपाली जनता मुर्ख शासन अंतरगत विधि पद्धति, रीती नियम सबैलाई अध्यारो सुरुङ्गमा फालेर नातागोता, मोलमोलाहिजा, गुटतन्त्रको शिकार भएका छन् । मुलुकको मुख्य शासक प्रधानमन्त्रीकै क्रियाकलाप र शोचमा मुर्खता सिवाय केही देखिदैन । किनभने एउटा निजि बिएण्सि कलेजलाई सम्बन्धन सिफारिस गर्न चिकित्सा शिक्षा आयोगलाई प्रधानमन्त्री र शिक्षा मन्त्रीबाटै धम्कीदिइ प्राज्ञिक स्वतन्त्रता माथि ठाडो आक्रमण भएको छ। सत्ता संचालकहरुको नैतिक पतनको यो चरम रुप हो। ऊनीहरुकै तोक आदेशमा मात्र निर्णय हुने भए बिश्वबिद्धालय सभा, चिकित्सा शिक्षा आयोगको बैठक र बिज्ञहरुको के औचित्य रह्यो र ?
संविधान ध्वस्त बनाउने, ऐन नियम धुजाधुजा पार्ने, लोकतान्त्रिक संस्थाहरु मास्ने, प्राज्ञिक स्वतन्त्रता माथि ठाडो हस्तक्षेप गर्ने असम्बैधानिक ओलि सरकारको बिरोध गरौं र संविधान र लोकत्रन्त्रको रक्षा गरौं ।