१ असार, काठमाडौं । जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादबले पार्टीहरुमा बहुमतको निर्णय मान्य नहुने परम्पराले पार्टीभित्र अनुशासनको पालना नहुने प्रबृतिको बिकास हुने बताएका छन् । उनले आज प्रेश बिज्ञप्ती जारी गर्दै निर्बाचन आयोगले महन्थ ठाकुर, राजेन्द्र महतोसहित चार नेतालाई कारबाही गरेको पत्र निर्बाचन आयोगमा दिँदा आयोगले कसैलाई पनि कारबाही नगर्ने बताएपछि आक्रोशित हुँदै अध्यक्ष यादबले निर्बाचन आयोगसँग असन्तुष्टी पोखेका छन् ।
अध्यक्ष यादबले दलको बहुमको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको भन्दै विरोध जनाउँदै यसको रक्षाको लागि राजनीतिक र कानूनी लडाई लड्ने बताएका छन् ।





