राजनीति

मधेश, काँग्रेस र देशका जनताको सामूहीक भावना नै राष्ट्रियता होः उपसभापति निधि

५ असार, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले परिवर्तनका मुख्य पाँच बुादाहरु लागू हुनुपर्ने बताएका छन् । उनले नेपालमा अहिँसा र शान्तीको बाटोबाट अगाडी बढेमामात्र स्थायीत्व र टिकाउ हुने बताए । नेता निधिले राजाको, राजाबादी, कम्युनिष्टले सबैले गर्ने परिभाषा एउटै भएको भन्दै आजकाल सबैले आफु अनुकुल ब्याख्या गर्ने गरेको बताए ।
नेता निधिले गणततन्त्र भएको देशमा पनि तानाशाही ब्यवस्था भएको भन्दै नेपालमा राष्ट्रयताका हिसावले काँग्रेस, मधेश र देशको महत्व धेरै हुने बताए । उनले काँग्रेस मधेश र देशलाई जोडेर त्यसको सहभागीताअनुसार अगाडी बढ्नुपर्ने बताए । उनले काँग्रेसमात्र देश भएको भन्न आफुले नखोजेको भन्दै बिपी कोईरालालले भनेको राष्ट्रियताको केन्द्रीय बिषय माटो नभएर जनता हो भनेको कुरालाई स्पष्ट गरेका छन् । उनले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समाबेशीताको केन्द्रीय बिषय जनता नै भएको बताए ।
उनले कुनै भूगोलमा बस्ने जनता नै त्यो देशको जनता भएको भन्दै हिमाल, पहाड, तराईमा बस्ने सबै नेपाली जनता भएको बताए । उनले एक जुम बैठकमा बोल्दै राष्ट्रियता जनताको सामूहीक भावना भएको कुरालाई सबैले मान्नुपर्ने भन्दै भाषा, जातजाती, भूगोलको बिबिधताको मूलूक भएको बताए ।
उपसभापति निधिले एजेण्डा र इस्यु फरक भएको बताउँदै नेपाली काँग्रेसले शेरबहादुर देउवाको बहुमत भएकोले उहाँलाई प्रधानमन्त्रीमा नियुक्ती, संसद पुनःस्थापना सबैभन्दा महत्वपूर्ण भएको बताए। उनले काँग्रेस, मधेश र देशलाई महत्व दिएर अगाडी बढ्नुपर्ने बताउँदै २ नम्बर प्रदेश भन्दा पनि प्रदेश नम्बर २ भन्न आग्रह गरेका छन् ।