१० असार, काठमाडौं। नपाली काँग्रेसको १४ औं केन्द्रीय माहाधिवेशन आउन धेरै बाँकी छैन । केन्द्रीय माहाधिवेशनमा सभापति, उपसभापति, माहामन्त्री, सहमहामन्त्री एबम् कोषाध्यक्षका लागि आफ्नो पक्षमा माहौल बनाउन नेताहरु सकृय हुन थालेका छन् ।
१३४ औं माहाधिवेशनमा सभानपतिमा बिजय भएका बर्तमान सभापति शेरबहादुर देउवा पुनः सभापति बन्ने आकाँक्षाका साथ आफ्ना समूहलगायत नेताहरुसँग छलफलमा ब्यस्त देखिन्छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि समूहगत छलफलहरु तीब्र बनाएका छन् ।
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले भदौ १६ देखी १९ सम्मका लागि काठमाडौंमा माहाधिवेशन गर्ने मिति तोकेअनुसार नेताहरु आफू स्थापीत हुने लाईतमा सकृय हुन थालेका छन् । कोरोना संक्रमणको माहामारीका कारण अधिवेशनमा असर पर्ने भएपनि अन्तिम समय साढे ५ बर्ष भएका कारण नेतृत्वलाई बैधानिकता बचाउन काँग्रेसले माहाधिवेशन गर्नैपर्ने बाध्यता छ ।
पार्टी सभापतिलगायत काँग्रेस नेतृत्व काँग्रेसको माहाधिवेशन गर्न लागि परेका छन् । उपसभापति बिमलेन्द्र निधि, माहामन्त्री डा शसाँक कोईराला, बिजय गच्छेदार, पुर्वमाहामन्त्री कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा शेखर कोईराला, सूजाता कोइराला, अर्जुननरसिंह केसी, गगन थापालगायतका नेताहरुले आउँदो १४ औं माहाधिवेशनमा सभापतिमा उम्मेद्वारी दाबी गरिरहेका छन् ।
नेपाली काँग्रेसको शक्तीसाली पदको रुपमा लिईने केन्द्रीय सभापति पदमा पुग्न पार्टीका नेताहरु लगिरहेका छन् भने कतिपय नेताहरु सभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यमा चित्त बुझाएर समूहमा अटाउने दाउमा छन् ।
काँग्रेसका कतिपय नयाँ युवाहरु पनि यसपटक केन्द्रीय सदस्यमा भित्रिने दाउमा देखिएका छन् भने स्थापीत भएका गगन थापा, धनराजन गुरुङ, प्रदीप पौडेल, चन्द्र भण्डारीलगायतका युवाहरु पार्टीको पदाधिकारीम प्रबेश गर्ने दाउमा रहेका देखिन्छन् । काँग्रेस माहाधिवेशनलाई नेकपा एमाले, माओबादी केन्द्य्र, राप्रपामात्र नभएर अन्तराष्ट्रिय शक्ती केन्द्रलेसमेत चासोका साथ हेर्ने गरेको छ ।
काँग्रेसमा शक्तीसाली सभापतिको रुपमा चिनिएका गिरिजा प्रसाद कोईरालापछि शुसिल कोईराला एकपटक सभापति बने भने शुसीलको अवसानपछि सभापतिमा शेरबहादुर देउवा सभापति बनेका हुन् । १४ औ माहाधिवेशनमा सभापतिका सबैभन्दा बढी सम्भबित ब्यक्ती शेरबहादुर देउयवा न्ै भएपनि यसपटक जसरी पनि शेरबहादुर देउवालाई सभापतिमा हराउनुपर्छ भन्ने काँग्रेसका उच्च नेताहरुको समूह पनि बलियो भएको राजनीतिक बृतमा बिश्लेषण हुने गरेको छ ।
काँग्रेसका देशभरीका कृयाशील सदस्यहरुको बिबादको अन्तिम टुंगो लागेपछि ७५३ वटै स्थानीय तह, प्रदेश, क्षेत्रमा गएर नेता कार्यकर्ताहरु माहाधिवेशन प्रतिनिधि बनेर राजधानी आई तोकिएको मितिमा माहाधिवेशनमा मतदान गरी नेतृत्व चुन्नेछन् । लामेकतन्त्रको सबैभन्दा बलियो मानिने आन्तरिक लोकतन्त्रको रुपमा लिईने माहाधिवेशनले आगामी ४र५ र्षका लागि नयाँ नेतृत्व चुन्ने अधिकार माहाधिवेशन प्रतिनिधिलाई हुने छ । काँग्रेसका नेताहरु डा शसाँक कोईराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंहले पनि आफूह्रु भनेटघाट गरेको तस्विर। सामाजिकक सञ्जालमा सार्बजनिक गरिसकेका छन् । सबै स्तरका नेताहरु आफ्नो स्तर अनुसारको नेतृत्वमा आउने मनशायबाट माहौल बनाउन सकृय देखिन थालेका छन् । कतिपय केही अगाडीदेखी नै राजधानी बसेका भएपनि आफ्नो गाउँमा बसेर कार्यकर्तासँग नजिक हुने प्रयासमा सकृय हुन थालिसकेका छन् ।
नेतृत्वमा कसले बाजी मार्छ भन्ने याकिन गर्न नसकिएपनि काँग्रेस माहाधिवेशनले काँग्रेस नेता कार्यकर्तामात्र नभएर राजनीतकबृतमा नै हलचल ल्याउन थालेको छ । काँग्रेसमा लागेका पुराना वा युवपा जो हो्स नेतृत्वमा स्थापीत हुने दाउमा भएर लागिपरिरहेपनि उनीहरुले काँग्रेसको नीतिलाई भने ध्यान दिईरहेको नदेखिएको आरोप बौद्धिक बृतले लगाउने गरेको थियो र अहिलेपनि लगाईरहेको अवस्था छ ।





