राजनीति

माधव नेपालकाे बाचा: प्रधानमन्त्रीको मलाई अफर आएको छ तर शेरबहादुरजीलाई धोका दिन्न

१२ असार, काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले आफूले सर्बोच्च अदालतमा गरेको काँग्रेस सभापति शेरबहादुर देउवाको समर्थन कुनैहालतमा फिर्ता नलिने बताएका छन् । उनले आफू बचनमा कहिल्यै नहार्ने ब्यक्ती भएको भन्दै आफूलाई प्रधानमन्त्री बन्न अफर आएको भएपनि उक्त अफर आफ्ना लागि केही नभएकोले आफूले पदका लागि भन्दा पनि बचन पुरा गर्न लागि पर्ने बताए ।
उनले ‘शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाई प्रधानमन्त्री भइहाल्नुस्’ भन्ने प्रस्ताव धेरै आईसकेको उनले खुलासा गरेका छन् । सभापति देउवाले पनि आफूले माधव कुमार नेपाललाई पनि कुनै हालतमा धोका नदिने बरु आफूहरु मिलेर जाने बताएका थिए । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आग्रहसहित राष्ट्रपति कार्यालयमा संबिधानको धारा ७६ को ५ अनुसार आग्रह गरिएबमोजीम निबेदन दिएपनि राष्ट्रपति बिद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्र नगरेपछि नेकपा एमालेका २३ जना साासदसहित सर्बोच्च अदालतमा १४६ साँसदको हस्ताक्षरमा निबेदन परेको छ । उक्त निबेदनको फैसला भने सर्बोच्च अदालतले अहिलेसम्म गरेको छैन ।