राजनीति

निर्बाचनको बिरोध गर्नेहरु बिदेशीलाई ‘कम्फरटेवल’ बनाउने अभियानमा छन्ः अध्यक्ष थापा

१३ असार, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होईन, बिदेशीलाई ‘कम्फर्टेबल’ सरकार बनाई भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेको बताएका छन् । उनले हालको अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव भएको भन्दै उक्त प्रतिकृया दिएका छन् ।
अध्यक्ष थापाले निर्बाचनको बिरोध गर्नेहरु बिदेशीलाई कम्फरटेबल बनाउने लागि परेको बताएका छन् ।

उनले प्रश्न गरेका छन्, ‘विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने संभावना कम छ। त्यस अवस्थामा संविधानको धारा ७६ (५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस, पार्टी विभाजन, अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ। के संविधानको आशय त्यही हो ?’

उनको ट्वीटः हालको अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव हो।
प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होईन, बिदेशीलाई ‘कम्फर्टेबल’ सरकार बनाई भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेका छन्।
विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने संभावना कम छ।त्यस अवस्थामा संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस, पार्टी विभाजन, अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ। के संविधानको आशय त्यही हो ?