१३ असार, काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारीको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माले महाधिवेशनको बिषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको जानकारी दिएका छन् । काँग्रेसले भदौ १६ देखी १९ गतेसम्म काँग्रेसको १४ माहाधिवेशनको मिति तोकेपनि कतिपय जिल्लामा कृयाशील सदस्यताको बिबाद टुंगीएको छैन ।
कृयाशील सदस्यताको बिबाद भएका देशभरका जिल्लाका सभापतिहरु काठ्माण्डौमा बसेका छन् । वडाबाट, नगर हुँदै प्रदेश र क्षेत्रबाट जिल्लामा गएर केन्द्रमा आएपछिमात्र सदर हुने भनिएको बैधानिक ब्यवस्थामा समूहगत रुपमा कृयाशील बितरण गरेपछि बिबाद देखिएको छ ।
काँग्रेस पदाधिकारीको मुख्य एजेण्डा कृयाशील बिबाद मिलाउने भनिएपनि अन्यमाहाधिवेशनसम्बन्धी महत्वपूर्ण बिषयमा छलफल हुने देखिएको छ । कृयाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकसहितका समितिका अन्य सदस्यहरु पनि उक्र आजको बैठकमा सहभागी हुने जनाईएकोछ ।
नेपाली काँग्रेसका कृयाहील सदस्यदेखी सबै दह र तप्काका नेता कार्यकर्ताहरु काँग्रेसको १४ औं माहाधिवेशनको लागी आन्तरिक तयारीमा लागिसकेका छन् । काँग्रेस माहाधिवेशनमय भएका बेला पार्टीको पदाधिकारी, केन्द्रीय समिति बैठक बेला बेला बसिरहनुपर्ने बाध्यता पार्टीलाई छ । आजको बैठकमा महत्वपूर्ण निर्णय हुनसक्ने संकेत देखिन्छ ।





