१४ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा डिला संग्रैलाले ओलि सरकारले देशको नक्सा जस्तो संबेदनसिल कुरालाई बेबास्ता गर्दै फेरि पनि सरकारी किताब मै लिपुलेक,कालपानी र लिम्पियाधुरा नसमेटिएको नेपालको पुरानै नक्सा भएको पाठयपुस्तक बिध्यार्थीलाई बितरण गरेको बताएकी छन्।
उनले २०७८ सालमा छापिएका पुस्तकमा पनि पुरानै नक्सा राखेको पाइन्छ । कस्तो लापरबाही र रास्टृयता प्रती असम्बेदनशिल यो ओलि सरकार! भन्दै चिन्ता ब्यक्त गरेकी छन् ।
डा संग्रौलाले अबिलम्ब पाठ्यपुस्तक बिक्रीवितरणका विषयमा अनुगमन गरि रास्ट्रप्रती लापरबाही गर्नेलाई कडा कारबाही गरियोस् भनेकी छन् ।
डा संग्रौलाले भनिन्ः लथालिङ्गे सरकारको भताभुङे पारा सन्दर्भ चुच्चे नक्सा ! ओलि सरकारले देशको नक्सा जस्तो संबेदनसिल कुरालाई बेबास्ता गर्दै फेरि पनि सरकारी किताब मै लिपुलेक,कालपानी र लिम्पियाधुरा नसमेटिएको नेपालको पुरानै नक्सा भएको पाठयपुस्तक बिध्यार्थीलाई बितरण गरेको छ।२०७८ सालमा छापिएका पुस्तकमा पनि पुरानै नक्सा राखेको पाइन्छ ।कस्तो लापरबाही र रास्टृयता प्रती असम्बेदनशिल यो ओलि सरकार!अबिलम्ब पाठ्यपुस्तक बिक्रीवितरणका विषयमा अनुगमन गरि रास्ट्रप्रती लापरबाही गर्नेलाई कडा कारबाही गरियोस् !





