राजनीति

राष्ट्रपति भण्डारी छुद्र ओलीको मामुली कार्यकर्ता बन्नुभयोः सभापति देउवा

१४ असार, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले छुद्र भाष बोलेको बताएका छन् । उनले बानेश्वरको लोत्छे हलमा भएको बिपक्षी दलका नेताहरुको बुद्धिजिबीसँगको छलफलमा बोल्दै छुद्र भाषा बोल्नेले के देश चलाउँछ भनेर प्रश्न गरेका थिए ।
आज मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा प्रधामनमन्त्री ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालगायतलाई बिभिन्न तरीकाले गामली गरेपछि प्रधानमन्त्रीको सभापति देउवाले आलोचना गरेका छन् ।
सभापति देउवालेले संविधानले दिएको राष्ट्रपतिको पदीय जिम्मेवारी र कर्तव्य पूरा नगरेर राष्ट्रपति भण्डारीले पदीय गरिमालाई नै समाप्त पार्न लागेको बताउँदै त्च्यसलाई रोक्न आफूहरु जीउज्यान दिन तयार रहेको बताए ।
उनले संबिधानको ब्याख्या गर्ने अन्तिम अधिकार न्यायालयको भएको र न्यायालय स्वतन्त्र भएर बिबेकपूर्ण निर्णय गर्नेमा आफूहरु बिश्वस्त रहेको बताए । उनले राष्ट्रपति बिद्यादेवी भण्डारी प्रधानमन्त्री ओलीको मामुली कार्यकर्ता बनेको भन्दै गरिमामय संस्थाको इज्जत जोगाउन नसकेको बताए।