राजनीति

सुशील कोइरालाको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसकोः नेतृ कोइराला

१६ असार, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी कांग्रेसको भएको बताएका छन् । गिरिजाबाबुको ९८ औँ जन्मजयन्तीको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन कर्णाली प्रदेशले आज आयोजना गरेको ‘लोकतन्त्रको सङ्घर्ष र गिरिजाबाबुको योगदान’ विषयक भर्चुअल अन्तरकृयामा उहाँले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षाको जिम्मेवारी पनि पार्टीको भएको बताएका छन् ।
“गिरिजाबाबुलाई अन्तिम अवस्थामा पनि संविधानको चिन्ता थियो, सुशील कोइरालाको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको हो”, उनले भनिन् । केन्द्रीय सदस्य जीवनबहादुर शाहीले गिरिजाबाबुले शान्ति स्थापना र संविधान बनाउन खेल्नुभएको भूमिका प्रशंशनीय रहेको बताईन् । कर्णाली प्रदेशका उर्जामन्त्री दिनबन्धु श्रेष्ठले कर्णाली राजमार्गको शिलान्यास गिरिजाबाबुको पालामा भएको भन्दै उहाँ कर्णालीवासीको अभिभावक भएको उल्लेख गरे ।
पूर्वमन्त्री हस्तबहादुर मल्लले गिरिजाबाबुले कर्णालीमा मोटरबाटो लैजानका लागि आफ्नो प्रधानमन्त्रीत्वकालमा महत्वपूर्ण निर्णय गरेको स्मरण गरे ।
फाउण्डेशन कर्णाली प्रदेशका संयोजक एवम् पूर्व सांसद रीता शाहीले कर्णालीको विकासमा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको बताईन्।