राजनीति

म, बिमलेन्द्र र डा शसाँक मिलेर कांग्रेसको नेतृत्व लिने छलफलले सिंगो मुलुककै ध्यानाकर्षणः प्रकाशमान

१८ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिँहले नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन केन्द्रित रहेर नेताहरुबीचको छलफल र भेटघाटप्रति सबैको चासो रहनु स्वभाविक भएको बताएका छन् ।
उनले यसैक्रममा कांग्रेस नेताहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला र मबीच निरन्तर भइरहेको भेटघाटले आम कांग्रेसजनमा उत्साह र नवीन तरंग उत्पन्न गरेको सबैले महसुस गरिरहेको बताएका छन् ।

नेता सिंहले यो प्रतिकूल राष्ट्रिय परिस्थितिका बेलामा कांग्रेसजन र नागरिकमा यी तीन नेता मिलेर कांग्रेस महाधिवेशनमा नेतृत्व लिने सन्दर्भमा भएको छलफलले सिंगो मुलुककै ध्यानाकर्षण गराएको त छ नै, पछिल्लोपटक चाक्सीबारीमा भएको छलफलले कांग्रेस महाधिवेशन र समग्र मुलुकको समस्याबारे महत्वका साथ विषय उजागर गरेको बताएका छन् ।
उनले सो बैठकले क्रियाशील सदस्यता सम्बन्धी समस्याको तत्कालै विधि प्रक्रिया भित्र रहेर समाधान खोज्दै महाधिवेशन केन्द्रित हुने र आज असार १८ गते शुक्रबार पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने समय तय गरेको जानकारी पनि दिएका छन् ।
उनले निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकता अनुसार भेटघाट र छलफलका क्रमहरुलाई निरन्तरता दिंदै जाने सबैमा जानकारी गराउँर्दै उत्साहजनक सल्लाह र प्रतिक्रियाका लागि आभार व्यक्त गरेका छन् ।