राजनीति

ओलीको नेपाल/खनाल पक्षलाई चेतावनीः दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने एमाले एकता हुन्न

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नभएमा पार्टी एकता नहुने बताएका छन् ।
उनले आजको प्रधानमन्त्री निवास बालुवाटारमा आयोजीत बैठकमा बोल्दै एमालेका मानिसले काँग्रेसका नेतालाई प्रधानमन्त्री बनाउन मतदान गर्नु गलत भएको बताउँदै सोमबारसम्मको अन्तिम समयसीमा माधव कुमार नेपाल पक्षलाई दिएका छन् ।
आजको बैठकमा माधव कुमार नेपाल पक्ष उपस्थित नभएपनि उपाध्यक्ष बामदेब गौतम भने उपस्थित भएका थिए । नेकपा एमालेका २३ साँसदहरुले प्रधानमन्त्रीका लागि नेपाली काँग्र्सका सभापति एबम् संसदस्य दलका नेता शेरबहादुर देउवालाई मतदान गरेको बिषयमा उक्त हस्ताक्षर तत्काल फिर्ता सिलन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न, कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन ।’
१६ गते नै एमाले ओली पक्षको स्थायी समिति बैठकले माधव नेपाल र झलनाथ खनालसहित ११ जनाको कारबाही फिर्ता लिँदै आज बैठक गरेपनि आजको बैठकमा नेपाल पक्ष औपचारिक रुपमा उपस्थिगत भएन ।