१९ असार, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले संघीयता र धर्मनिरपेक्षताका बारेमा पुनःबिचार गर्नुपर्ने माग गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री निकट मानिने नेता बस्नेतले ‘मुलुकको विशिष्ट पहिचान घोषणा गरौं, धर्म निरपक्षताबारे पनि बहस गरौं ।’ भनेका छन् ।
पछिल्लो समय संघीयता र धर्मनिरपेक्षताका बिषयमा बिबाद भईरहेका बेला भक्तपुरबाट प्रत्यक्ष निर्बाचित साँसदसमेत रहेका एमालेका प्रभावशाली युवा नेता बस्नेतले बालुवाटारको बैठकमा ८ बुंदे प्रस्तावसहित उक्त प्रस्ताव राख्नु एमालेले धर्म निरपेक्षता र संघीयताका बिषयमा बिशेष निर्णय गर्नसक्ने अनुमान लगाईएको छ ।
राप्रपा नेपाललगायतका केही राजाबादी दलहरुले हिन्दू राज्यसहित राजाराख्ने प्रस्ताव गरिरहेका बेला एमालेका प्रभावशाली ययुवाको संघीयता र धर्मको बिषयमा आएको प्रस्तावले राजनीतिक तरङ्ग ल्याएको छ ।





