राजनीति

काँग्रेसभित्र अब भागभण्डा नगरौंः नेता गुरुङ

२२ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् नेता धनराज गुरुङले १४ औं महाधिवेशनबाट कांग्रेसभित्र भागबण्डा हैन, न्यायोचित ब्यबस्थापन गर्ने परिपाटी बसालौं भनेका छन्।
१२ औं माहाधिवेशनबाट लगातार केन्द्रीय सदस्य र ०५३ सालमा नेपाली काँग्रेसको शसक्त भातृसंस्था नेबिसंघको अध्यक्षसमेत रहेका बौद्धिक नेता गुरुङले देशमा भ्रष्टाचारको बिरोधी अभियान्ताको रुपमा नेपाली काँग्रेसले नेतृत्व लिनुपर्ने बिचार ब्यक्त गरेका छन् ।
सधैं देशमा भएको बेतिथी, भ्रष्टाचारी सरकारको गलत रवैयाको बिरुद्धमा आवाज उठाउने नेताको रुपमा परिचित गुरुङले देशको बिकास गर्न सक्ने शक्ती भनेको काँग्रेस नै भएको तर काँग्रेसले सच्चिनुपर्ने बिचार ब्यक्त गरेका छन् ।
आफ्नौ पार्टीका नेताहरुले गरेको गलत कृयाकलापको बिरुद्धमा समेत शसक्त आवाज उठाउँदै आएका नेता गुरुङ १४ औं माहाधिवेशनमा उपसभापति वा माहामन्त्रीका रुपमा शसक्त दाबेदारका रुपमा आफूहरुले हेरेको दुर दराजका कार्यकर्ताले बताउने गरेका छन् ।